आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन सयले बढ्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • १३५ पाठक संख्या
  • काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार दुई सय ५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट