आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको भाउ घट्यो


  • चौतारीपाटी
  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • १८८ पाठक संख्या
  • काठमाडौ । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।

    यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

    यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट