आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो


  • चौतारीपाटी
  • २०८० भाद्र १७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • २०० पाठक संख्या
  • काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ ।

    महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको मूल्य १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।

    शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ थियो । जुन, आज आइतबार १४ सय ६० रुपैयाँमा आइपुगेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट