आज: २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

घट्यो सुनचाँदीको मूल्य


  • चौतारीपाटी
  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित १२ महिना अघि
  • १३८ पाठक संख्या
  • काठमाडौ ।  बुधबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

    सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।

    सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट