आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • २०८ पाठक संख्या
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट