आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • १५८ पाठक संख्या
  • काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।

    आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ ।

    हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । आज १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट