आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० मंसिर १३, बुधबार मा प्रकाशित ८ महिना अघि
  • १६२ पाठक संख्या
  • काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नयाँ रेकर्ड बनाउँदै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य १५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट