आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ११३ पाठक संख्या
  • काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।

    आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ ।

    लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

    सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू छ करोड ९५ लाख २९ हजार दुई सय ७० बराबरको दुई लाख ३६ हजार सात सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट