आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


  • चौतारीपाटी
  • २०८० मंसिर १८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १३९ पाठक संख्या
  • काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात् सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले विवाहको सिजनमै नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    कारोबारको अघिल्लो दिन अर्थात आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो  त्यस्तै, चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट