आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

न्युरोडबाट  अवैध सुन कारोबारमा संलग्न पक्राउ


  • चौतारीपाटी
  • २०८० मंसिर २०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ९४ पाठक संख्या
  • काठमाडौँ  ।   नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
    प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गर्नुभयो । उहाँले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको राससलाई जानकारी दिनुभयो ।
    सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन । बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट