आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको बढ्यो


  • चौतारीपाटी
  • २०८० माघ १०, बुधबार मा प्रकाशित ६ महिना अघि
  • १५१ पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । सुनचाँदी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो ।

    लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।

    यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट