आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


  • चौतारीपाटी
  • २०८० माघ २१, आईतबार मा प्रकाशित ५ महिना अघि
  • ११५ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख १८ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १४१५ रुपैयाँ कारोबार भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट