आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


  • चौतारीपाटी
  • २०८० माघ २९, सोमबार मा प्रकाशित ५ महिना अघि
  • १०० पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ । हिजो आइतबार तोलामा १३ सय ९० रुपैयाँ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट