आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्यमा ३०० रुपैयाँको गिरावट, चाँदीको स्थिर


  • चौतारीपाटी
  • २०८० फागुन १, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • २२३ पाठक संख्या
  • काठमाडौँ । दुई दिनको स्थिरतापछि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

    सुनको मूल्यमा गिरावट आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट