आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० फागुन २, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १४६ पाठक संख्या
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा एकै दिन १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट