आज: २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • चौतारीपाटी
  • २०८० फागुन ४, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ११८ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

    बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट