आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


  • चौतारीपाटी
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित ५ महिना अघि
  • १८० पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।

    हिजो आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । गत साताको शुक्रबारको तुलनामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको थियो । सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय १० रुपैयाँ कायम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट