आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको भाउ स्थिर


  • चौतारीपाटी
  • २०८० फागुन ८, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • १४० पाठक संख्या
  • काठमाडौ। नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

    सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो । यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो । मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट