आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

सुनचाँदीको मूल्य बढ्यो


  • चौतारीपाटी
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित २ महिना अघि
  • ११६ पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

    आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट