आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो


  • चौतारीपाटी
  • २०८० फागुन १७, बिहिबार मा प्रकाशित २ महिना अघि
  • १०६ पाठक संख्या
  • काठमाडौँ । आज बिहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

    सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट