आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड


  • चौतारीपाटी
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ५१ पाठक संख्या
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट