आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

एक सातामा तोलामा ६ हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • चौतारीपाटी
  • २०८० फागुन २५, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ७४ पाठक संख्या
  • काठमाडौं । आज शुक्रबार बजारमा सुनको मूल्य एक सातामा तोलामा ६ हजार रुपैयाँले बढेको छ । यही फागुन १८ गतेयता सुनको मूल्ल लगातार बढेर नयाँ रेकर्ड बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा बिहीबार (हिजो) छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

    फागुन १८ गते छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । फागुन २० गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार, फागुन २२ गते एक लाख २३ हजार र फागुन २३ गते प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य पनि एक सातामा तोलामा ८० रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    यही फागुन १८ गते चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट