आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सुनको मूल्य तोलामा हजार ३ सय रुपैयाँले घट्यो


  • चौतारीपाटी
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ७३ पाठक संख्या
  • काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट