आज: २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो


  • चौतारीपाटी
  • २०८० चैत्र १६, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • ५२ पाठक संख्या
  • काठमाडौँ  ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
    बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।
    यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट