आज: २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

प्रतितोला रु चार सयले घट्यो सुनको मूल्य


  • चौतारीपाटी
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ४० पाठक संख्या
  • काठमाडौँ  ।    स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।
    सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ ।
    यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ ।
    त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट