आज: २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

पाकिस्तानमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशङ्का


  • चौतारीपाटी
  • २०८० चैत्र ७, बुधबार मा प्रकाशित १ महिना अघि
  • ११० पाठक संख्या
  • पाकिस्तान । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् ।

    मङ्गलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए ।

    उद्धार टोलीले राति नै दुईवटा मृत शरिरलाई भग्नावशेषबाट निकालेको बलुचिस्तान प्रान्तस्थित उक्त खानीका प्रमुख निरीक्षक घानी बलोचले बताए ।

    खानीमा बाँकी कामदारहरू जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर वेपत्ता सबैको उद्धारको प्रयास भइरहेको उनले बताएका छन् ।

    आफ्नो सहकर्मीहरूलाई बचाउने प्रयास गर्ने आठ जनाको समूह पनि लामो समय सम्म फसेको र पछि सरकारी उद्धार टोलीले केहीलाई बेहोस अवस्था र अन्यलाई सकुशल सुरक्षित स्थानमा ल्याएको बताएका थिए ।

    सरकारको खानी विभागका साथै विपद् व्यवस्थापन एजेन्सीका उद्धार टोलीहरू घटनास्थलमा छन् ।

    खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको बलोचले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट