आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु


  • चौतारीपाटी
  • २०८० चैत्र १९, सोमबार मा प्रकाशित १ महिना अघि
  • १२६ पाठक संख्या
  • ब्रासिलिया (ब्राजिल) । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताएका छन् ।
    गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

    घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपतकालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् ।

    जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर दुर्घटनाको कारण बारे स्पष्ट भइनसकेको बताएका छन् ।

    सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ ।

    बस चालक घटनास्थलबाट भागेको स्थानीय मिडियाले जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट