आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

संविधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की


  • चौतारीपाटी
  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित ७ महिना अघि
  • १६४ पाठक संख्या
  • विराटनगर  ।   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताउनुभएको छ ।
    नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस(२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताए ।
    मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो ।
    उनलेसंविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सो अवसरमा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    सो अवसरमा कोशी प्रदेश प्रमुख परशराम खापुङले संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रातर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्रतर्फका प्रथम, द्वितीय र तृतीय क्रमशः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राशि प्रथम रु पाँच हजार, द्वितीय रु चार हजार र तृतीय रु तीन हजार छ ।
    समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्यमन्यायाधीश, जिल्ला अदालतका प्रमुख न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेताहरु, सांसाद एवं मन्त्रालयका सचिव र सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट