आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ५ महिना अघि
  • २०१ पाठक संख्या
  • विराटनगर   ।    कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा(९) बमोजिम कार्यविभाजनसहित जिम्मेवारी हेरफेर गरेका हुन् ।
    सो कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरु मुख्यमन्त्री कार्कीले राखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट