आज: २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु


  • चौतारीपाटी
  • २०८० भाद्र २२, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १२४ पाठक संख्या
  • बेइजिङ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

    घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

    कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन् । यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए । हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट