आज: २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

अफगानिस्तान भुकम्प परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो


  • चौतारीपाटी
  • २०८० आश्विन २२, सोमबार मा प्रकाशित ७ महिना अघि
  • १६६ पाठक संख्या
  • काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्यांक सार्बजनिक गरेको छ ।

    तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे।प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।

    संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट