आज: २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

श्रीलंकामा पदयात्राका क्रममा अलपत्र परेका १८० विद्यार्थीको उद्धार


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ४ महिना अघि
  • १४४ पाठक संख्या
  • कोलम्बो । श्रीलंकाको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ ।

    क्यान्डी हेडक्वार्टर पुलिस स्टेसनका प्रवक्ताले बताएअनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन् ।

    ती विद्यार्थीहरू शनिबार बिहान हाइकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।

    हान्थाना, श्रीलंकाको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो ।

    यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट