आज: २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025

उत्तर–पश्चिम चीनमा भूकम्प, १११ जनाको मृत्यु


  • चौतारीपाटी
  • २०८० पौष ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २४० पाठक संख्या
  • चीन । उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १११ पुगेको छ । चीनको गान्सु प्रान्तमा सोमबार गएको ५।९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।

    भूकम्पमा परी २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५।९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।

    प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट